What People Says

Testimonials

4.8
Average customer rating

Please take a look below at some of the recent testimonials we have received from our patients. We welcome patient feedback to let us know how we can improve – please send us details of your experience.

Image titleImage title
बिरामीहरुको लागी मन्दिर

नमस्ते, मेरो आमा बिरामी भएर क्रिमसन अस्पताल लिएर आएको थिएं । दमको रोगी हुनु हुन्थ्यो अनि यहाँ आए पछी डाक्टरको सल्लाह अनुसार मैले वार्डमा राखेर उपचार गराइ रहेको थिएं । म तराई जिल्लाको नभई पहाड प्युठानबाट आई उपचार गराएको थिएं आमालाई । तर मैले मेरी ७८ बर्षकी आमालाई दमले च्यापे पछी कहाँ लगेर ठीक होला भनेर यहाँ लेराएको थिएं । तर अचम्म तरिकाले यहाँ आमाको राम्रो उपचार गरी दिनु भएको छ । आमा लाई बचाउन सक्दिन भन्ने ठुलो चिन्ता थियो । म एक प्युठानको एक विकट बिद्यालयको शिक्षक पनि हुं । धेरै धेरै धन्यबाद यो अस्पताललाई जहाँ बिरामीहरुको लागी मन्दिर रहेछ । यहाँ आएका बिरामीहरु सबैलाई समान ब्यबहार गरेको देख्न पाउँदा अत्यन्त खुशी लाज्ञो । यहाँका डाक्टर नर्स बहिनीहरुको बोलि, बचन, मिठास बिरामी लाई कसरी माया गर्ने, किअर गर्ने भन्ने राम्रो परामर्श गरी उपचार गर्नु हुँदो रहेछ । अनि अर्को कुरा मलाई अनौठो पनि लाग्यो खुशी अति लाग्यो । तराई जस्तो ठाउँमा यतिको अस्पताल पनि रहेछ जहाँको सुबिधा र सर-सफाई यती छ भनेर साध्य नै छैन । हेलिकप्टरको लागी रेफेर गर्न लाई हेलिप्याड रहेछ । अस्पतालको फोहर ब्यबस्थापन झन नौलो कुरा लाग्यो । प्रत्यक वार्डको फोहर लिन आउने समय तालिका रहेछ, लगेर फोहरको पनि उपचार विधीबाट पकाएर फालिंदो रहेछ, र बेच्न मिल्ने कुरा बेचिन्दो रहेछ भने फोहर बेचेर पनि कमाई हुँदो रहेछ । वातावरण लाई स्वच्छ राख्न अस्पताल बाट पकाएको फोहर नगरपालिकाको गाडीलाई दिईने ब्यबस्था गरिंदो रहेछ्, यसले गर्दा अस्पताल सफा दुर्गन्ध रहित वातावरण अनि सरुवा रोग सर्ने कुराबाट आफै अस्पतालले एउटा विधी अपनाएको रहेछ । यसले गर्दा अरु अस्पतालले केही सिक्ने की ? म त धेरै प्रभावीत भएको छुं । धन्यबाद यस अस्पताललाई ।

– Krishna KC, Pyuthan