रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर घर मै गई रगतको नमुना संकलनको कार्य शुरु गरेको छ । गुणस्तरीय चिकित्सक सहित प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवारत क्रिमसन अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात घर घर मै गई रगतको नमुना संकलन कार्यको शुरुवात गरिएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । उनका अनुसार रगतको नमुना संकलनका लागी १ दिन अगावै सेवाग्राहीले अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरि नाम दर्ता गराउनुपर्ने हुन्छ । साथै रगतको नमुना संकलनको काम हरे्क दिन बिहान ७ बजेदेखि १० बजेसम्म गरिनेछ । रगतको नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसारको हुने अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराईले जानकारी दिएका छन् । नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसार हुने तथा भुक्तानीका लागी क्यूआर अथवा सिधै नगद मार्फत पनि गर्न सकिने भट्टराईले जनाए । उनका अनुसार संकलित रगतको रिर्पोट इमेल वा वाट्सएप मार्फत सिधै उपलब्ध गराइने छ । अस्पतालका अनुसार सार्वजनिक विदाको दिन भने नमुना संकलनको काम गरिने छैन । हाललाई भने रगत संकलनको कार्य तिलोत्तमा नगरपालिका भित्रका १७ वटा वडाहरूमा लागु गरिएको र विस्तारै रुपन्देही लगायत अन्य स्थानीय पालिकाहरुमा समेत रगतको नमुना संकलनको कार्यलाई विस्तार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
तिलोत्तमा । भदौ १७ गते । नेपाल मगर संघ तिलोत्तमा ९ र क्रिमसन अस्पताल मणिग्रामबीच स्वास्थ्य सुबिधामा छुट गर्ने बारे सम्झौता भएकोे छ । अस्पतालमा आयोजित विशेष कार्यक्रमका बीच अस्पताल प्रशासन र नेपाल मगर संघ तिलोत्तमा ९ का प्रतिनिधि बिच सर्त सहितको सर्वसुलभ स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने विषयमा लिखित सम्झौता भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । सम्झौतासंगै अब नेपाल मगर संघ तिलोत्तमा ९ मा आवद्ध संघका सदस्यहरुले अस्पतालले दिने सेवा शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । छुट सहितको उपचार सेवा लिन नेपाल मगर संघ तिलोत्तमा ९ का सदस्यहरुले प्रिभिलेज कार्ड बनाउनु पर्नेछ । साथै मगर संघमा आबद्ध अति बिपन्न बर्गलाई मगर संघले सिफारिश गरेको खण्डमा बेड र ल्याबमा समेत निशुल्क सेवा प्रदान गर्न सकिने अस्पतालका निर्देशक डा शेखर पोख्रेलले जनाए । सम्झौताका अवसरमा नेपाल मगर संघ तिलोत्तमा ९ का अध्यक्ष धन बहादुर सारु मगर,, उपाध्यक्ष मनिषा राना मगर, अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डे, निर्देशक डा शेखर पोख्रेल, जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्याल लगायतको सहभागिता रहेको थियो ।
तिलोत्तमा । साउन २८ गते । गुणस्तरीय चिकित्सक र प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्दै आएको क्रिमसन अस्पतालले वरिष्ठ न्युरो सर्जनका रुपमा डा नरेन्द्र प्रसाद बास्कोटालाई नियुक्ति गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित अस्पतालले उच्च कोटीको नयाँ चिकित्सकिय सेवा प्रवाह गर्ने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै वरिष्ठ न्युरो सर्जन डा नरेन्द्र प्रसाद बास्कोटालाई अस्पताल भित्राएको जनाएको छ । नयाँ नियुक्ति लिएका डा बास्कोटा क्रिमसन अस्पताल आएसँगै अव न्युरो सम्वन्धि सम्पुर्ण सेवाहरु नजिकको क्रिमसन अस्पतालबाटै प्राप्त गर्न सकिने कुराले स्थानीय उत्साहित छन । सरकारी तथा निजि अस्पतालहरुमा वरिष्ठ न्युरो सर्जन भई काम गरेको लामो अनुभव संगालेका डा बास्कोटाले न्युरो सम्वन्धि सबै खालका समस्या समाधानका लागी आफु सक्षम रहेको प्रतिक्रिया दिए । टाउकोमा लागेका जस्तोसुकै चोटपटक, टाउँको तथा ढाड दुखाई, मेरुदण्डमा लागेको चोटपटकको विशिष्टिकृत उपचार वा अप्रेशनको क्षमता यस क्रिमसन अस्पतालमा रहेको डा बास्कोटाको भनाई छ । उनले प्यारालाइसिस, स्ट्रोक, ब्रेन ह्यामरेज, मिर्गि, ब्रेन ट्युमर, स्पाईनल कर्ड ट्युमर, टाउकोमा पर्ने जुका, टाउकोमा पानी जमेको, बच्चाले टाउको उठाउन नसक्ने, टाउको तथा ढाडमामासु पलाएको जस्ता अति जटिल र कठिन समस्याहरुको शल्यक्रिया तथा उपचार अब क्रिमसन अस्पताबाटै सहज ढंगबाट गर्न सकिने बताए । यसका अलावा जीउ तथा हात काम्ने, हिडन गाह्रो हुने, पार्किङ्गसन, स्मरण सम्वन्धि समस्या, स्मरण शक्तिको कमजोरी तथा अल्जाइमर्स सम्बन्धि सम्पुर्ण समस्याहरुका लागी अब अन्त कतै टाढा जान नपर्ने भनाई वरिष्ठ न्युरो सर्जन डा नरेन्द्र प्रसाद बास्कोटाको छ । उनले क्रिमसन अस्पतालमा उच्च कोटीको चिकित्सकिय सेवा प्रवाहका लागी आवश्यक पर्ने सवै किसिमका अत्याधुनिक मेसिन, औजारहरु उपलब्ध रहेको तथा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुलाई अस्पतालले नियुक्ति गर्दै जानु आफैमा सकारात्मक रहेको प्रतिक्रिया दिए । अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले न्युरो सम्बन्धि सम्पुर्ण सेवा दिन अस्पताल सक्षम रहेको भन्दै वरिष्ठ न्युरो सर्जनका रुपमा डा नरेन्द्र प्रसाद बास्कोटाले क्रिमसन अस्पतालमा नियुक्ति लिनु खुसीको कुरा भएको जनाए । बँगलादेशबाट एमविविएससम्मको अध्ययन सकेर नेपाल कै त्रिवि शिक्षण अस्पताल महारागन्ज (टिचिङ्ग अस्पताल काठमाण्डौं) बाट एमएस तथा वीर अस्पतालबाट एमसीएचसम्मको अध्ययन सकेका डा बास्कोटाले लामो समयसम्म सरकारी सेवा अन्र्तगत नेपाली सेनाको छाउनी अस्पताल तथा सेना कै मेडिकल कलेज काठमाण्डौं, नर्भिक अस्पताल काठमाडौँ नेपालगन्ज मेडिकल कलेज र सिद्धार्थनगर नगरसिटी अस्पतालमा सफलतापुर्वक काम गरेको लामो अनुभव छ । निज सेनाका अवकाश प्राप्त प्रमुख सेनानी हुनुहुन्छ ।
तिलोत्तमा । साउन २३ गते । मानिसहरुमा देखा पर्ने मेरुदण्ड लगायत हाडजोर्नी, ट्रमा, मेरुदण्ड तथा नशा रोग सम्बन्धि सम्पुर्ण समस्याको निदान अब क्रिमसन अस्पताल मणिग्राम मै हुने भएको छ । अस्पतालले उच्च प्रविधि सहितको नयाँ चिकित्सकिय सेवा प्रवाह गर्ने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै डा जावेद सहितको टोलीलाई अस्पतालमा नियुक्त गरेको जनाएको छ । अस्पतालबाट हालै मात्र नियुक्ति लिएका वरिष्ठ हाडजोर्नी, ट्रमा, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ डा जावेद अहमद खाँसँग नेपालका सबैभन्दा ठुला भनिएका सरकारी तथा निजि अस्पतालमा काम गरेको लामो अनुभव छ । कपिलवस्तु स्थायी घर भएका डा जावेदलाई क्रिमसन अस्पताल नै रोज्नुपर्ने कारण के त ? भन्ने प्रश्नको जवाफमा डा जावेदले भने, ”राजधानी मात्रै ताक्ने हाम्रो परिपाटी गलत छ । उनले राजधानी केन्द्रित मात्रै हुनु हुदैन भन्ने मानसिकतालाई चिर्दै देशका अन्य भेगहरुमा समेत विशिष्टिकृत स्वास्थ्य सेवा प्रवाह गर्नुपर्छ भन्ने उद्धेश्य अनुरुप आफुले क्रिमसन अस्पतालमा नियुक्ति लिएको प्रतिक्रिया दिए । उनले अर्थो सम्बन्धि जस्तोसुकै जटिल र विशिष्टिकृत सर्जरी वा अप्रेशन गर्न आफु सहितको टोली सक्षम रहेको जनाए । क्रिमसन अस्पतालमा उच्च कोटीको चिकित्सकिय सेवा प्रवाहका लागी आवश्यक पर्ने सवै किसिमका अत्याधुनिक मेसिन,औजार तथा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको टोली देखेर आफु प्रभावित भएको डा जावेदले बताए । विशेषगरि मेरुदण्ड सम्वन्धि सम्पुर्ण उपचार (मेरुदण्डको चोटपटकको अप्रेशन, नशा च्यापिएको, विभिन्न इन्फेक्सन, टयुमर, जन्मजात मेरुदण्ड बाँगिएको) लगायत शरिरका जुनसुकै जोर्नीहरुको प्रत्यारोपणको काम अब क्रिमसन अस्पतालबाटै प्राप्त गर्न सकिनेछ । डा जावेदले, “दुर्घटनाबाट हुने विभिन्न किसिमका चोटपटक त भै नै हाले, विशिष्टिकृत ढंगबाट प्रवाह हुने जुनसुकै जटिल किसिमका सेवाहरु तथा स्पाइन सर्जरी तथा प्रत्यारोपण लगायतका विस्तारित सेवा प्रवाह गर्न आफु मातहतको चिकित्सिकिय टोली सक्षम रहेको जानकारी दिए । अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले हाडजोर्नी, ट्रमा, मेरुदण्ड तथा नशा रोगको विशेषज्ञको रुपमा अस्पतालले डा जावेद सहितको टोलीलाई अस्पतालमा नियुक्त गर्न पाउनु खुशीको कुरा भएको प्रतिक्रिया दिए । बँगलादेशबाट छात्रबृत्तिमा एमविविएससम्मको अध्ययन सकेर नेपाल कै त्रिवि शिक्षण अस्पताल महारागन्ज (टिचिङ्ग अस्पताल काठमाण्डौं) बाट अर्थो तथा ट्रमा एमएस सकेका डा जावेदले स्पाइनको फेलोसिप समेत गरेका छन् । यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाण्डौमा ११ बर्ष, काठमाण्डौंस्थित ग्राण्डी ईन्टरनेशनल अस्पतालमा ६ बर्ष, भैरहवास्थित युसिएमएस अस्पतालमा १ बर्ष, भैरहवा कै सिद्धार्थ सिटी अस्पतालमा ३ बर्षसम्म काम गरेका डा जावेदसँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सस्थापक निर्देशक भई ४ बर्षसम्म काम गरेको लामो अनुभव छ । डा जावेदको टिममा असिष्टेन्ट प्रोफेसर डा सन्दिप कुमार यादव तथा डा राकेश यादव पनि हुनुहुन्छ ।