रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको क्रिमसन अस्पतालले सेवाग्राहीको घर घर मै गई रगतको नमुना संकलनको कार्य शुरु गरेको छ । गुणस्तरीय चिकित्सक सहित प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवारत क्रिमसन अस्पतालले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर होम कलेक्सन अर्थात घर घर मै गई रगतको नमुना संकलन कार्यको शुरुवात गरिएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । उनका अनुसार रगतको नमुना संकलनका लागी १ दिन अगावै सेवाग्राहीले अस्पतालको पैसा नलाग्ने टोल फ्रि नम्बर १८१०५०००१४४ मा सम्पर्क गरि नाम दर्ता गराउनुपर्ने हुन्छ । साथै रगतको नमुना संकलनको काम हरे्क दिन बिहान ७ बजेदेखि १० बजेसम्म गरिनेछ । रगतको नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसारको हुने अस्पतालका प्रमुख प्रशाशकिय अधिकृत मनमोहन भट्टराईले जानकारी दिएका छन् । नमुना संकलन बापतको सेवा शुल्क अस्पतालले निर्धारण गरे अनुसार हुने तथा भुक्तानीका लागी क्यूआर अथवा सिधै नगद मार्फत पनि गर्न सकिने भट्टराईले जनाए । उनका अनुसार संकलित रगतको रिर्पोट इमेल वा वाट्सएप मार्फत सिधै उपलब्ध गराइने छ । अस्पतालका अनुसार सार्वजनिक विदाको दिन भने नमुना संकलनको काम गरिने छैन । हाललाई भने रगत संकलनको कार्य तिलोत्तमा नगरपालिका भित्रका १७ वटा वडाहरूमा लागु गरिएको र विस्तारै रुपन्देही लगायत अन्य स्थानीय पालिकाहरुमा समेत रगतको नमुना संकलनको कार्यलाई विस्तार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
तिलोत्तमा । साउन २८ गते । गुणस्तरीय चिकित्सक र प्रभावकारी उपचार सेवालाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्दै आएको क्रिमसन अस्पतालले वरिष्ठ न्युरो सर्जनका रुपमा डा नरेन्द्र प्रसाद बास्कोटालाई नियुक्ति गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित अस्पतालले उच्च कोटीको नयाँ चिकित्सकिय सेवा प्रवाह गर्ने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै वरिष्ठ न्युरो सर्जन डा नरेन्द्र प्रसाद बास्कोटालाई अस्पताल भित्राएको जनाएको छ । नयाँ नियुक्ति लिएका डा बास्कोटा क्रिमसन अस्पताल आएसँगै अव न्युरो सम्वन्धि सम्पुर्ण सेवाहरु नजिकको क्रिमसन अस्पतालबाटै प्राप्त गर्न सकिने कुराले स्थानीय उत्साहित छन । सरकारी तथा निजि अस्पतालहरुमा वरिष्ठ न्युरो सर्जन भई काम गरेको लामो अनुभव संगालेका डा बास्कोटाले न्युरो सम्वन्धि सबै खालका समस्या समाधानका लागी आफु सक्षम रहेको प्रतिक्रिया दिए । टाउकोमा लागेका जस्तोसुकै चोटपटक, टाउँको तथा ढाड दुखाई, मेरुदण्डमा लागेको चोटपटकको विशिष्टिकृत उपचार वा अप्रेशनको क्षमता यस क्रिमसन अस्पतालमा रहेको डा बास्कोटाको भनाई छ । उनले प्यारालाइसिस, स्ट्रोक, ब्रेन ह्यामरेज, मिर्गि, ब्रेन ट्युमर, स्पाईनल कर्ड ट्युमर, टाउकोमा पर्ने जुका, टाउकोमा पानी जमेको, बच्चाले टाउको उठाउन नसक्ने, टाउको तथा ढाडमामासु पलाएको जस्ता अति जटिल र कठिन समस्याहरुको शल्यक्रिया तथा उपचार अब क्रिमसन अस्पताबाटै सहज ढंगबाट गर्न सकिने बताए । यसका अलावा जीउ तथा हात काम्ने, हिडन गाह्रो हुने, पार्किङ्गसन, स्मरण सम्वन्धि समस्या, स्मरण शक्तिको कमजोरी तथा अल्जाइमर्स सम्बन्धि सम्पुर्ण समस्याहरुका लागी अब अन्त कतै टाढा जान नपर्ने भनाई वरिष्ठ न्युरो सर्जन डा नरेन्द्र प्रसाद बास्कोटाको छ । उनले क्रिमसन अस्पतालमा उच्च कोटीको चिकित्सकिय सेवा प्रवाहका लागी आवश्यक पर्ने सवै किसिमका अत्याधुनिक मेसिन, औजारहरु उपलब्ध रहेको तथा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुलाई अस्पतालले नियुक्ति गर्दै जानु आफैमा सकारात्मक रहेको प्रतिक्रिया दिए । अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले न्युरो सम्बन्धि सम्पुर्ण सेवा दिन अस्पताल सक्षम रहेको भन्दै वरिष्ठ न्युरो सर्जनका रुपमा डा नरेन्द्र प्रसाद बास्कोटाले क्रिमसन अस्पतालमा नियुक्ति लिनु खुसीको कुरा भएको जनाए । बँगलादेशबाट एमविविएससम्मको अध्ययन सकेर नेपाल कै त्रिवि शिक्षण अस्पताल महारागन्ज (टिचिङ्ग अस्पताल काठमाण्डौं) बाट एमएस तथा वीर अस्पतालबाट एमसीएचसम्मको अध्ययन सकेका डा बास्कोटाले लामो समयसम्म सरकारी सेवा अन्र्तगत नेपाली सेनाको छाउनी अस्पताल तथा सेना कै मेडिकल कलेज काठमाण्डौं, नर्भिक अस्पताल काठमाडौँ नेपालगन्ज मेडिकल कलेज र सिद्धार्थनगर नगरसिटी अस्पतालमा सफलतापुर्वक काम गरेको लामो अनुभव छ । निज सेनाका अवकाश प्राप्त प्रमुख सेनानी हुनुहुन्छ ।